|

रौतहट : रौतहटको मौलापुर नगरपालिकाकी लोकप्रिय निवर्तमान मेयर तथा एमालेकी उमेदवार रीना कुमारी साहको विजयले सत्ता गठबन्धनलाई ठूलो धक्का लागेको छ।

गठबन्धनका उमेदवारलाई पछि पार्दै  मेयर पदकी उमेदवार रीना कुमारी साह निर्वाचित हुन सफल भएकी हुन्। उनलाई पराजित गर्न केही समय अघि माओवादी अध्यक्ष प्रचण्डले छिमेकी पालिका कटहरियामा सम्बोधन गरेका थिए।

मौन अवधी सुरु हुनु एकदिन अघिमात्र उनैलाई लक्षित गरेर एकैदिन समाजवादीका अध्यक्ष माधव कुमार नेपाल र सुशासन पार्टीका अध्यक्ष रमेश खरेलले मौलापुर नगरक्षेत्रमा चुनावी सभालाई सम्बोधन गरेका थिए।

तर पहिलो कार्यकालमा विकास निर्माणका साथै महिला, बालबालिकाको क्षेत्रमा रीना कुमारी साहले पुर्‍याएको योगदानबाट उनको लोकप्रियता झन्झन् बढेको हाे।

चुनावी कार्यक्रम तथा घरदैलोमा उनको साथमा सयौँ महिला तथा बालिकाहरूको समूह देखेर जो कोहीले पनि लोकप्रियता बारे सहजै अनुमान गरेका थिए। एमाले स्थायी समिति सदस्य प्रभु साहकी श्रीमती तथा मौलापुरकी निवर्तमान मेयर रीना साहले नेपाली कांग्रेस, माओवादी र जसपा गठबन्धनको उमेदवारलाई पछि पार्दै विजयी भएकी छिन्।

वडा नम्बर एक र छ बाहेक ७ वटै वडामा एमालेका वडा अध्यक्ष विजयी भएका छन्। निवर्तमान मेयर साहले कुल ५५५६ मत प्राप्त गरेर विजयी  भएकी हुन्। एमालेका उपमेयर उमेदवार नागेन्द्र यादवले ४५ सय २ मत प्राप्त गरेका छन्।

गठबन्धन बाट मेयर पदका उमेदवार यादवले २९ सय ७५ मत प्राप्त गरेका थिए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.