|

पर्वत : पोखरा महानगरपालिकामा गठबन्धनबाट एकीकृत समाजवादीका उम्मेदवार धनराज आचार्यले प्रतिद्वन्द्वीसँग मतान्तर बढाएका छन्। जारी मतगणनाको पछिल्लो विवरण अनुसार उनी १९ हजार ६१५ मतसहित अग्रस्थानमा छन्।

नेकपा एमालेका कृष्ण थापाले १७ हजार ५१२ ल्याएका छन्। यस्तै राप्रपाका शंकर खरालले एक हजार ९६२ मत प्राप्त गरेका छन्। गनेस पौडेलले एक हजार २४ मत ल्याएका छन्। विवेकशील साझाकी सुशीला केसीले १४६ मत पाइन्।

उपप्रमुखमा एमालेकी मञ्जुदेवी गुरुङले २० हजार २ मत ल्याउँदा गठबन्धनबाट कोपिला रानाभाटले १९ हजार ७७४ मत ल्याएकी छिन्। राप्रपाकी रञ्जनाकुमारी सेन पौडेलले एक हजार ७४४ मत प्राप्त गरेकी छिन्। विवेकशील साझाका माधव पौडेलले ८८ मत पाएका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.