|

सुनसरी : सुनसरीको इटहरी उपमहानगरपालिकाको मेयर पदमा नेपाली कांग्रेसले अग्रता कायमै राखेको छ। चार दलीय गठबन्धनबाट कांग्रेसका मेयर उम्मेदवार हेमकर्ण पौडेलले एमालेका यामकुमार सुब्बाभन्दा २६२९ मत बढी ल्याएका हुन्।

इटहरीको मेयरमा कांग्रेसका पौडेलले १६५०८ मत ल्याएर अग्रता कायम गरिरहेका छन्। एमालेका सुब्बाले १३८७९ मत ल्याएर पछ्याइरहेका छन्। मेयरका अर्का उमेदवार, राप्रपाका आकाश हाङ् सुब्बाले १५६५ मत पाएका छन्।

यता, उपमेयरमा भने एमालेले अग्रता कायम राखेको छ। अहिलेसम्मको ताजा मत परिणाम अनुसार इटहरीको उप मेयरमा एमालेकी संगीता कुमारी चौधरीले १५६९३ मत ल्याएकी छिन्। उनलाई गठबन्धनको तर्फबाट नेकपा (एकीकृत समाजवादी) केशव कुमार विष्टले ९६४३ मत ल्याएर पछ्याई रहेका छन्।
 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.