|

सिन्धुली : सुनकोशी गाउँपालिकाको अध्यक्षमा नेकपा माओवादी केन्द्रकी दिपा दाहाल विजयी भएकी छिन्। एमालेका राेमन राज गिरीलाई २७८ को मतान्तरले हराउँदै दाहाल अध्यक्षमा विजयी भएकी हन्।

दाहालले ५ हजार ३ सय ७६ मत प्राप्त गर्दा उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका रोमन राज गिरिले ५ हजार ०९८ मत प्राप्त गरेका छन। त्यस्तै उपाध्यक्षमा नेपाली काँग्रेसका कपिल कुमार कोइराला विजयी भएका छन्। कोइरालाले ६५९४ मत ल्याएका छन भने उनका निकटतम प्रतिस्पर्धी नेकपा एमालेकी हेमा कुमारी अधिकारीले ३९५८ मत प्राप्त गरेकी छिन।

सुनकोशी गाउँपालिकाको ७ वडा मध्ये ४ वडा काँग्रेस, २ माओवादी र एक एमालेले जित हासिल गरेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.