|

कपिलवस्तु : बाणगंगा नगरपालिकाकाे प्रमुख र उपप्रमुखमा नेकपा एमालेका चक्रपाणि अर्याल र रिता चाैधरी विजयी भएका छन्। अर्याल कांग्रेसका रविराज आचार्यलाई हराउँदै प्रमुख भएका हुन् भने चाैधरीले कांग्रेसकै तारावती थारुलाई हराउँदै उपप्रमुख बनेकी हुन्।

अर्यालले १८ हजार ९९९ मत ल्याउँदा आचार्यले १८ हजार ३६० मत मात्रै ल्याउन सके। अघिल्लाे स्थानीय तह निर्वाचनमा नेपाली कांग्रेसले नगर प्रमुख जित्दा अर्यालले उपप्रमुख जितेका थिए।

त्यसैगरी उपप्रमुख पदमा निर्वाचित एमालेकै चाैधरीले १९ हजार ३९८ मत ल्याएकी छिन्। उनकी निकटतम प्रतिद्वन्द्वी कांग्रेसकी तारावती थारुले १८ हजार ४६४ मत मात्र ल्याउन सकिन्। 

बाणगंगा नगरपालिकामा एमालेले नगर प्रमुख र उपप्रमुख सहित ६ वटा वडा जितेको छ भने का‌ंग्रेसले ४ र माओवादीले एउटा वडा जितेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.