|

 सुनसरी : जिल्लाको धरान उप–महानगरपालिकामा स्वतन्त्र उम्मेदवार हर्क साङपाङले अग्रता कायम गरेका छन् । निर्वाचन अधिकृतको कार्यालय धरानले दिएको जानकारीअनुसार हालसम्म २९ हजार ४६६ मतगणना सकिएको छ।

पछिल्लो अपडेटअनुसार लौरो चुनाव चिह्न भएका साङपाङले गठबन्धनको तर्फबाट काँग्रेसका उम्मेदवार किशोर राईसँग १४७ मतको मतान्तर कायम गरेका छन् ।

यसअघि बुधबार दिउँसो सार्वजनिक भएको मतपरिणामअनुसार स्वतन्त्र उम्मेदवार साङपाङले १४ मतले काँग्रेसका राईलाई पछि परेका थिए। त्यसपछि बिहिबार विहानसम्म वडा नम्बर २० को विवादका कारण रोकिएको थियो।

बिहान ९ बजेदेखि भएको मतगणनाअनुसार स्वतन्त्र उम्मेदवार साङपाङले मतान्तर बढाउँदै लगेका हुन् ।

पछिल्लो मतपरिणामअनुसार साङपाङले ८५०९ मत ल्याउँदा काँग्रेसका राईले ८३६२ मत मात्रै ल्याएका छन् । यता, २०७४ को स्थानीय तह निर्वाचनमा मेयर र उपमेयर जितेको एमाले भने तेस्रो स्थानमा पुगको छ। पछिल्लो मतपरिणाम अनुसार एमालेकी मञ्जु भण्डारी सुवेदीले ६८५८ मत ल्याएकी छिन् ।

यता, उपमेयरमा भने गठबन्धनको तर्फबाट माओवादी केन्द्रका आइन्द्र विक्रम बेघाले ९४३० मत ल्याएर अग्रता कायम गरिरहेका छन् ।

उनी २०७४ मा धरानको मेयर पदमा उम्मेदवारी दिएका थिए । उनलाई एमालेका पदम इस्बो लिम्बु ९०७९ मत ल्याएर पछ्याइरहेका छन् ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.