|

काठमाडाैं : काठमाडाैंकाे गाेकर्णेश्वर नगरपालिकामा मेयर सहित २२ सिट जितेकाे नेपाली कांग्रेसले नगरस्तरीय विजय जुलुस निकालेकाे छ। गाेकर्णेश्वरमा कांग्रेसका दीपककुमार रिसाल एमालेका उद्धव विष्टलाई १ हजार १८८ मतले हराउँदै मेयरमा निर्वाचित भएका हुन्। 

रिसालले ९ हजार ६९२ मत ल्याउँदा एमालेका विष्टले ८ हजार ५०४ मत मात्रै ल्याउन सके। उपमेयरमा भने कांग्रेसकी शान्ति नेपाललाई हराउँदै एमालेकी सान्नानी लामा निर्वाचित भएकी छन्। 

मेयर सहित २२ सिटमा विजय हँदै नगरपालिकाकाे पहिलाे पार्टी बनेकाे कांग्रेसकाे विजय जुलुसमा कार्यकर्ता तथा कांग्रेस समर्थककाे सहभागिता रहेकाे थियाे। गत शुक्रबार सम्पन्न स्थानीय तह निर्वाचनकाे मत परिणाम आउने क्रम जारी छ। आधाभन्दा बढी मतगणना भइसक्दा नेपाली कांग्रेस पहिलाे नम्बरमा देखिएकाे छ।

मत परिणाम आइसकेका ठाउँका विजेता पार्टीहरूले विजय जुलुस निकालिरहेका छन्। बाँकी ठाउँमा उच्च सुरक्षाबीच मत गणना भइरहेकाे छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.