|

धनुषा : धनुषाको धनुषाधाम नगरपालिकामा नेपाली कांग्रेसका मेयर र उपमेयर निर्वाचित भएका छन्। मेयरमा बालेश्वर मण्डल निर्वाचित भएका हुन्।

उनले ४ हजार ७ सय १८ मत ल्याएका छन् भने उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका योग कुमार यादवले ४ हजार १ सय ७९ मत ल्याएका छन्।

उपमेयरमा कांग्रेसकै विद्यादेवी भुजेल निर्वाचित भएकी छन्। उनले ४ हजार १ सय २५ मत ल्याइन् भने उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेकी शान्तिदेवी सुडीनले ३ हजार ६ सय ३ मत ल्याइन्। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.