|

भारतका पञ्जाब कांग्रेसका पूर्वअध्यक्ष तथा चर्चित क्रिकेटर समेत रहेका नवजोत सिंह सिद्धुलाई एक वर्षको जेल सजाय भएको छ। भारतको उच्च न्यायलयले ३४ वर्ष पुरानो एक सडक दुर्घटनासम्बन्धी मुद्दामा नवजोतलाई एक वर्षको जेल सजाय सुनाएको भारतिय सञ्चार माध्यमले जनाएका छन्।

उक्त दुर्घटनाबाट एक वृद्धको ज्यान गएको थियो। फैसला पश्चात् नवजोतले कानुनको निर्णय स्वीकारेको कुरा ट्वीट गरेका छन्।

अदालतले चार वर्षअघि दिएको फैसला उल्ट्याएको छ।  त्यसबेला उनलाई १ हजार रुपैयाँ जरिवाना तिराइएको थियो। ​नवजोत हाल पटियालामा छन्। त्यहाँ उनले कानुनी टोलीबाट थप कदमबारे छलफल गर्न सक्छन्। सर्वोच्च अदालतमा सुनुवाई र सजाय सुनाइएका बेला नवजोतले मूल्यवृद्धिको मुद्दामा केन्द्रीय सरकारको विरोध हात्तीमा बसेर प्रदर्शन गरिरहेका थिए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.