धनुषा : जिल्लाको १८ स्थानीय तह मध्ये १० को नतिजा सार्वजानिक भइरहँदा नेपाली कांग्रेस अग्रस्थानमा रहेकाे छ।
एक उपमहानगर, ११ नगर र ६ गाउँपालिका रहेको धनुषाको अहिले सम्मको ९ पालिकाको नतिजा अनुसार कांग्रेस ५, एमाले २ र जसपाले ३ पालिकामा जितेका हुन्।
कांग्रेसले जितेको पालिकाहरुमा कमला नगरपालिका, बाटेश्वर गाउँपालिका, धनुषाधाम नगरपालिका, धनौजी गाउँपालिका र लक्ष्मीनिया गाउँपालिका हुन्।
त्यसैगरी एमालेले औरही नगरपालिका र विदेह नगरपालिका जितेकाे छ। यस्तै, जसपाले जित हात पारेको तीन पालिकाहरु शहिदनगर नगरपालिका र जनकनन्दनी तथा मुखियापट्टि मुसहरनिया गाउँपालिका हुन्।
तपाईंको ईमेल गोप्य राखिनेछ ।