|

काठमाडौं : बाँकेको राप्ती सोनारी गाउँपालिकामा भरुवा बन्दुक बेवारिसे अवस्थामा फेला परेको छ। राप्तीसोनारी-१ स्थित रानीमुते खोलामा एक नाल बेवारिसे भरुवा बन्दुक फेला परेको नेपाली सेनाले जनाएको छ।

बाँके राष्ट्रिय निकुञ्जमा सुरक्षार्थ तैनाथ नेपाली सेनाको अर्जुनवाण गण र निकुञ्ज प्रशासन कार्यालयका कर्मचारीसहित खटिएको संयुक्त टोलीले बन्दुक फेला पारेको हो। फेला परेको बन्दुक निकुञ्ज प्रशासन कार्यालयमा बुझाएको सेनाले जनाएको छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.