|

जुम्ला : जुम्ला ८ स्थानीय तह र ६० वडामा विभाजित छ। दोस्रो स्थानीय तहको निर्वाचनमा एक पालिका प्रमुखमा स्वतन्त्र उम्मेदवार निर्वाचित भएका छन्।

काँग्रेसका पाँच पालिकामा प्रमुख र तीन पालिकामा उपप्रमुख निर्वाचित भएका छन्। माओवादीका दुई पालिकामा प्रमुख र चार पालिकामा उपप्रमुख निर्वाचित भएका हुन्। यस्तै समाजवादीका एक पालिकामा मात्रै उपप्रमुख निर्वाचित भएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।

कांग्रेस२६ वडामा निर्वाचित

स्थानीय निर्वाचनमा जुम्लाका २६ वडामा काँग्रेसका उम्मेदवार निर्वाचित भएका छन्।

चन्दननाथ नपा १ नं. वडामा काँग्रेसका तिलकप्रसाद न्यौपाने, २ नं. वडामा काँग्रेसका हेमबहादुर बुढथापा, ४ नं. वडामा काँग्रेसका नवराज देवकोटा, ६ नं. वडामा काँग्रेसका रविबहादुर थापा र ८ नं. वडामा काँग्रेसका रूपबहादुर रोकाया वडाध्यक्ष निर्वाचित भएका हुन्।

गुठीचौर गाउँपालिका १ नं. वडामा काँग्रेसका अर्जुनकुमार महतारा र ४ नं. वडामा काँग्रेसका टीकादत्त न्यौपाने वडाध्यक्ष निर्वाचित भएका छन्।

पातारासी गापा २ नं. वडामा काँग्रेसका बलबहादुर बोहरा, ५ नं. वडामा काँग्रेसका दत्तबहादुर बुढा, ६ नं. वडामा काँग्रेसका कर्मबहादुर विष्ट र ७ नं.वडामा काँग्रेसका वीरबहादुर बुढा वडाध्यक्ष निर्वाचित भएका हुन्।

सिंजा गापा १ नं. वडामा काँग्रेसका हरिनन्द आचार्य र ५ नं.वडामा काँग्रेसका कृष्णबहादुर रोकाया वडाध्यक्षमा निर्वाचित भएका छन्। हिमा गापा १ नं. वडामा काँग्रेसका रतनबहादुर शाही, ५ नं.वडामा काँग्रेसका कालो शाही, ६ नं. वडामा काँग्रेसका उपराज अधिकारी वडाध्यक्षम निर्वाचित भएका हुन्।

तिला गापा २ नं. वडामा काँग्रेसका चन्द्रबहादुर बोहरा, ३ नं.वडामा धनबहादुर शाही, ५ नं. वडामा ललितबहादुर शाही, ६ नं. वडामा जंग रोकाया, ८ नं. वडामा आशे बस्नेत र ९नं. वडामा धनबहादु रावत वडाध्यक्ष निर्वाचित भएका छन्।

तातोपानी गापा १ नं. वडामा काँग्रेसका कर्णबहादुर कठायत, ३ नं. वडामा गोकर्ण रावल र ५ वडामा छिरिङ महत वडाध्यक्ष निर्वाचित भएका छन्।

कनकासुन्दरी गापा ३ नं.वडामा काँग्रेसका भैरबहादुर बुढा वडाध्यक्ष निर्वाचित भएका छन्।

माओवादी १९ वडामा निर्वाचित

तातोपानी गापा ६ नं. वडामा माओवादीका विशाल खड्का पुनः वडाध्यक्ष निर्वाचित भएका छन्। कनकासुन्दरी गापा १ नं. वडामा माओवादीका भीमबहादुर भण्डारी, २ नं. वडामा खाम्मा रावत, ४ नं. वडामा माओवादीका धनमानसिंह हमाल र ५ नं. वडामा विष्णुबहादुर बडुवाल वडाध्यक्ष निर्वाचित भएका छन्।

सिंजा गापा २ नं. वडामा माओवादीका तीर्थ वड र ३ नं. वडामा सुरतबहादुर रावत वडाध्यक्षमा निर्वाचित भएका छन्। हिमा गापा  ३ नं. वडामा माओवादीका धनवीर रोकाया र ४ नं. वडामा जग्ग रोकाया वडाध्यक्षमा निर्वाचित भएका छन्।

तिला गापा १ नं. वडामा माओवादीका जंगबहादुर बस्नेत र ७ नं. वडाका खुम्मीलाल रोकाया वडाध्यक्षमा निर्वाचित भएका हुन्। पातारासी गापा १ नं. वडामा माओवादीका लालसिंह ऐडी, ३ नं. वडाका गोविन्द रावत र ४ नं. वडामा कालीबहादुर ऐडी निर्वाचित भएका छन्।

चन्दननाथ नपा ३ नं. वडामा माओवादी रतन खत्री, ५ नं. वडामा बिर्खबहादुर कार्की, ९ नं. वडामा भीमबहादुर रावत र १० नं. वडामा नमराज शाही वडाध्यक्षमा निर्वाचित भएका छन्। गुठीचौर गापा ५ नं. वडामा माओवादीका कमलबहादुर महत वडाध्यक्ष निर्वाचित भएका हुन्।

एमाले ६ वडामा निर्वाचित

कनकासुन्दरी गापा ६ नं. वडामा एमालेका प्रेमबहादुर पछाई, सिंजा गापा ४ नं. वडामा एमालेका रन्जित बुढा, तिला गापा ४ नं. वडामा एमालेका भक्तवीर सार्की निर्वाचित भएका छन्। तातोपानी गापा २ नं. वडामा एमालेका चन्द्रमान बुढा, ४ नं. वडामा अमरबहादुर रोकाया र ७ नं. वडामा तिलकबहादुर रावत वडाध्यक्ष निर्वाचित भएका छन्।

समाजवादी ६ वडामा निर्वाचित

चन्दननाथ नपा ७ नं. वडामा समाजवादीका गणेश महत, हिमा गापा २  नं. वडामा हरिबहादुर रोकाया, ७ नं. वडामा विक्रमबहादुर शाही, कनकासुन्दरी गापा ७ नं. वडामा तेजबहादुर जिसी वडाध्यक्ष निर्वाचित भएका छन्। गुठीचौर गापा २ नं. वडामा समाजवादीका दीपबहादुर रोकाया र तातोपानी गापा ८ नं. वडामा नरबहादुर रावत वडाध्यक्षमा निर्वाचित भएका छन्।

नेमकिपा १ र स्वतन्त्र २ वडामा निर्वाचित

सिंजा गापा ५ नं. वडामा नेपाल मजदुर किसान पार्टीका लालबहादुर बुढा वडाध्यक्ष निर्वाचित भएका छन्। यस्तै कनकासुन्दरी गापा ८ नं. वडामा स्वतन्त्र उम्मेदवार धनबहादुर कामी र गुठीचौर गापा ३ नं.वडामा स्वतन्त्र उम्मेदवार इन्द्र बुढा वडाध्यक्ष निर्वाचित भएका छन्। जुम्लामा २०७४ को निर्वाचनमा माओवादी केन्द्रले २५ वटा वडा, एमालेले १७ वटा वडा, नेपाली काँग्रेसले १५ वटा वडा, एकजना वडा स्वतन्त्र र २ वटा वडा नेपाल मजदुर किसान पार्टीले जितेको थियो।   

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.