|

इलाम : फाकफोकथुम गाउँपालिकाको अध्यक्षमा नेकपा एमालेका दिपेन्द्र खनाल विजयी भएका छन्।

उनी पाँच हजार ३२२ मतसहित गाउँपालिका अध्यक्ष निर्वाचित भएका हुन्। उनका निकटतम प्रतिद्वन्द्वी कांग्रेसका डिकबहादुर थापाले चार हजार ८२१ मत ल्याए।

उपप्रमुखमा पनि एमालेकै कल्पना राई विजयी भइन्। उनले पाँच हजार १५८ मत ल्याइन्। उनका निकटतम प्रतिद्वन्द्वी नेकपा माओवादी केन्द्रका कुलबहादुर राई बान्तवाले  चार हजार १७४ मत ल्याए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.