|

काठमाडौं : काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिकाको मेयरमा नेपाली कांग्रेसका उमेदवार निर्वाचित भएका छन्। 

मेयरमा कांग्रेसका उपेन्द्र कार्की ११ हजार ३२२ मतसहित निर्वाचित भएका हुन्। उनका निकटतम प्रतिद्वन्द्वी एमालेका रामशरण ढुंगानाले ८ हजार २६३ मत प्राप्त गरेका छन्।

उपमेयरमा भने एमाले निर्वाचित भएको छ। एमालेकी शान्ता थापा ९ हजार ९७५ मत ल्याएर विजयी भएकी हुन्। उनका निकटतम प्रतिद्वन्द्वी कांग्रेसका भोला चौलागाईंले ५ हजार ४२२ मत प्राप्त गरे।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.