|

दोलखा : भीमेश्वर नगरपालिकाको प्रमुखमा गठबन्धनका इश्वर नारायण मानन्धर र उपप्रमुखमा एमालेका कमला बस्नेत विजयी भएका छन्। शुक्रबार विहान सार्वजनिक अन्तिम मत परिणाम अनुसार प्रमुखमा गठबन्धनको तर्फबाट नेपाली कांग्रेसका मानन्धर र उपाध्यक्षमा एमालेका बस्नेत विजयी भएका हुन्।

प्रमुख मानन्धरले निकटतम प्रतिस्पर्धी नेकपा एमालेका हरिवंश चौलागाईलाई १ हजार ४ सय २२ मतको फराकिलो अन्तरले पछि पार्दै विजयी भएका हुन्। मानन्धरले ८ हजार ७ सय २३ मत प्राप्त गरेका छन् भने पराजित चौलागाईले ७ हजार ३ सय १ मत प्राप्त गरेका छन्। 

त्यसैगरी,उपप्रमुख बस्नेत निकटतम प्रतिस्पर्धी गठबन्धनको तर्फबाट नेकपा एकीकृत समाजवादीका संगीता पाख्रिनलाई ३ सय ४३ मतको अन्तरले पराजित गर्दै विजयी भएका हुन्। बस्नेतले ७ हजार २ सय ६४ मत प्राप्त गरे भने पराजित पाख्रिनले ६ हजार ९ सय २१ मत प्राप्त गरिन।

प्रमुखमा निर्वाचित मानन्धर अघिल्लो निर्वाचनमा नगर प्रमुख पदमा एमालेका भरत केसीसँग पराजित भएका थिए भने उपप्रमुख बस्नेत अघिल्लो निर्वाचनमा पनि नेकपा एमालेबाट निर्वाचित भएका थिए।
 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.