|

दाङ : दाङको तुलसीपुर उपमहानगरपालिकामा प्रमुखमा कांग्रेसले अग्रता कायमै राखेको छ भने उपप्रमुखमा एमालेको अग्रता छ। मेयरमा कांग्रेसका गेहेन्द्र गिरी र उपमेयरमा एमालेका स्यानी चाैधरीले अग्रता लिएका हुन्।

१८ हजार १९३ मत गणना हुँदा मेयरमा गठबन्धनका तर्फबाट नेपाली कांग्रेसका गिरी निकटतम प्रतिस्पर्धिभन्दा १८१ मतले अगाडि छ्न। ​गिरीले ७ हजार ६६७ मत प्राप्त गरेका छन् भने नेकपा एमालेका टिकाराम खड्काले ७ हजार ४८६ मत प्राप्त गरेका छन।

यस्तै मेयरमा राष्ट्रिय प्रजातन्त्र पाटीका जगधनी चौधरीले ३४७, नेपाल लोकतान्त्रिक पाटीका घनश्याम चौधरीले १४९, जनता समाजवादी पाटीका टोपबहादुर महताराले १२० र मंगोल नेशनल अर्गनाइजेशनका जया घर्ती मगरले ९७ मत प्राप्त गरेका छन ।

उपमेयरमा भने नेकपा एमालेकी चौधरीले ६ हजार ९६१ मत सहित अग्रता लिइरहेकी छन्। उनका निकटतम प्रतिस्पर्धि गठबन्धनका उम्मेदवार एकिकृत समाजवादीका जोगबहादुर रानाले ५ हजार ९४७ मत प्राप्त गरेका छन। यस्तै उपमेयरमा स्वतन्त्र उमेदवार खेमराज वलीले ८१४ मत प्राप्त गरेका छ्न।

राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रेमबहादुर शाहले ६१५, स्वतन्त्र उमेदवार शुसिल नेपालीले ९०, मंगोल नेशनल अर्गनाइजेशनका डम्बर छन्त्यालले ९५ , जनता समाजवादी पार्टीका धनसरा बिकले ७६ प्राप्त गरेका छ्न। अहिले तुलसीपुर ३ र ६ नम्बर वडाको मतगणना भइरहेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.