|

काठमाडौं : झापाको दमक नगरकालिकाको प्रमुख राप्रपाले जितेको छ।  नेकपा एमालेका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीको गृहनगर झापाको दमकमा  राप्रपाका उम्मेदवार रामकुमार थापा मेयरमा निर्वाचित भएका हुन्।

थापाले १७ हजार ५२५ मत प्राप्त गरेका छन् भने प्रतिस्पर्धी एमालेकी गीताकुमारी पौडेल अधिकारीले १६ हजार ९६६ मत प्राप्त गरेकी छिन्।

उपमेयरतर्फ भने कांग्रेसकी रेगीना भट्टराई १७ हजार ७२ मत प्राप्त गरेकी छिन् भने एमालेका अम्विकाप्रसाद खनालले १६ हजार ५७४ मत प्राप्त गरेका छन्।

एमाले उम्मेदवार गीता अधिकारीलाई पराजित गर्दै दमक नगरपालिकाको मेयर बनेका थापा कांग्रेस, माओवादीसहितको ६ दलीय गठबन्धनबाट चुनावी मैदान थिए। एमाले एक्लै प्रतिस्पर्धामा थियो।

राप्रपाले यस अघि झापाको हल्दिबारीको अध्यक्ष र काठमाडौं शंकरापुरको मेयर जितिसकेको छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.