|

काठमाडौं : सुन्दरी प्रतियोगितामा यौन हिंसाको सिकार भएकी पीडित युवतीको भिडियोले यतिवेला सामाजिक सामाजिक सञ्जाल तातेको छ। १६ वर्षको उमेरदेखि को–कोबाट कसरी यौन हिंसाको सिकार हुनुपर्‍यो, त्यसबाट निस्किन कति गाह्रो भइरहेको छ भन्ने पीडितले भिडियोमार्फत सार्वजनिक भएपछि उनको न्यायका लागि प्रदर्शन सुरु भएको छ।

किशोरीमाथि भएको यौन हिंसाका दोषीलाई कारबाही माग गर्दै शुक्रबार बिहान प्रधानमन्त्रीको निवास बालुवाटार अगाडि प्रदर्शन भएको छ। स्वत:स्फूर्त भएको प्रदर्शनमा सहभागीहरूले दोषीमाथि कारबाही गर्न र बलात्कारसम्बन्धी मुद्दामा हदम्याद नलाग्ने व्यवस्था गर्न माग गरेका छन्। 

न्याय दिलाउने पहलकदमी लिन प्रधानमन्त्री शेरबहादुर देउवालाई उनीहरूले ध्यानाकर्षणसमेत नारामार्फत गरेका छन्। हिंसा भएको एक वर्षभित्रै उजुरी गर्नुपर्ने कानुनी व्यवस्थाको आलोचना गर्दै पीडित युवतीले बिहीबार भावविह्वल हुँदै अर्को भिडियो सार्वजनिक गरेकी थिइन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.