|

काठमाडौं : काठमाडौं जिल्लाभित्र रहेका नगरपालिकाहरूमा  नवनिर्वाचित जनप्रतिनिधिहरूले पद तथा गोपनीयताको शपथग्रहण लिएका छन्।
शुक्रबार जिसस भवनमा सम्बन्धित मुख्य निर्वाचन अधिकृतहरुले निर्वाचित नगर प्रमुखहरुलाई शपथ ग्रहण गराएका हुन्।

आज भएको शपथग्रहणमा शंकरापुर नपा, गोकर्णेश्वर नपा, कीर्तिपुर नपा र दक्षिणकाली नपा का मेयरहरुलाइ मुख्य जिल्ला निर्बाचन अधिकृत (काठमाडौ जिल्ला अदालतका प्रमुख न्यायाधीश) ले सपथ खुवाएका छन्। शपथग्रहण कार्यक्रममा काठमाडौ जिल्लाका प्रमुख जिल्ला अधिकारी लगायत अन्यको पनि उपस्थिति रहेको थियो।

गोकर्णेश्वर नगरपालिकाका नवनिर्वाचित प्रमुख दिपक कुमार रिसाल,कीर्तिपुर नगरपालिकाका प्रमुख राजकुमार नकर्मी,दक्षिणकाली नगरपालिकाका प्रमुख मोहन बस्नेत,बुढानिलकण्ठ नगरपालिका,कागेश्वरी मनोहरा नगरपालिका लगायत नगरका नवनिर्वाचित प्रमुखहरुले शपथ ग्रहण लिए। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.