|

वीरगञ्ज : पर्साको वीरगञ्ज महानगरपालिकामा मतगणना जारी रहँदा गठबन्धनबाट जसपाका राजेशमान सिंह नेकपा एमालेका विजय सरावगीभन्दा दोब्बर मतले अगाडि छन्।

हालसम्म गणना भएको ५० हजार ४३ मध्ये सिंहले २६ हजार ५८ मत प्राप्त गरेका छन्। सरावगीले १३ जार ५०८ मत ल्याएका छन्। राप्रपाका गिरिश गिरीले एक हजार ६२९ मत ल्याएका छन्।

उपप्रमुखमा गठबन्धनबाट नेपाली कांग्रेसका इम्तियाज आलम  १८ हजार ४६ मतसहित अगाडि छन्। लोसपाका पुरुषोत्तमलाल झाले चार हजार ल्याएका छन्। यस्तै राप्रपाकी विना जयसवाले दुई हजार ९४० मत प्राप्त गरेकी छिन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.