|

पर्वत : कास्कीको पोखरा महानगरपालिका प्रमुख पदमा गठबन्धनबाट एकीकृत समाजवादीका धनराज आचार्यले नेकपा एमालेका कृष्ण थापासँगको मतान्तर बढाउँदै लगेका छन्।

पछिल्लो पटक सार्वजनिक नतिजा अनुसार नेकपा एकीकृत समाजवादी पार्टीबाट उम्मेदवार रहेका आचार्यले तीन हजार ४३९ मतले थापालाई पछाडि पारेका हुन्। हालसम्म गणना भएका ८० हजार १५४ मतमध्ये आचार्यको ३२ हजार ४८० मत आएको छ। थापाले २९ हजार ४१ मत पाएका छन्।

नगर प्रमुखमा नै प्रतिस्पर्धा गरेका राष्ट्रिय प्रजातन्त्र पार्टीका उम्मेदवार शंकर खरालले ३ हजार ५२० तथा अटेरी अभियानका खडकराज पौडेल (गनेस) ले दुई हजार २४९ मत पाएका छन्।

उपप्रमुख पदमा भने गठबन्धन र एमालेबिच रोचक प्रतिस्पर्धा चलिरहेको छ। गठबन्धन अन्तर्गत नेपाली काँग्रेसबाट उम्मेदवार रहेकी कोपिला रानाभाटले केही पटक एमालेकी उम्मेदवार मञ्जुदेवी गुरुङलाई पछाडि पार्दा गुरुङले पनि रानाभाटलाई केही पटक पछाडि पारेकी छिन्।

पछिल्लो नतिजा अनुसार एमालेकी गुरुङले कांग्रेसकी रानाभाटलाई २६२ मतले पछाडि पारेकी छिन्। गुरुङले ३३ हजार २२१ मत हात पार्दा रानाभाटको पक्षमा ३२ हजार ९५९ मत परेको छ। 

उपप्रमुखमा नै प्रतिस्पर्धा गरेकी राष्ट्रिय प्रजातन्त्र पार्टीकी  रञ्जनाकुमारी सेन पौडेले तीन हजार ४११  र विवेकशील साझाका माधव पौडेलले १८५ मत ल्याएका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.