|

जनकपुर :धनुषाकाे क्षीरेश्वरनाथ नगरपालिकाको जारी मतगणनामा वडा  नम्बर  ८ काे मतगणनामा २ वटा मतपेटिकाकाे सिल खोलेको अवस्थामा भेटिएकाे छ।

मतगणना स्थलबाट बाहिर आएका दलका प्रतिनिधिहरूले सञ्चारकर्मीहरूलाई वडा ८ काे २ वटा बाकसकाे सिल टुटेको भेटिएको जानकारी गराए। 

बाकसकाे सिल टुटेकाे हल्ला बाहिर आएपछि संचारकर्मीलाई मतगणना स्थलमा प्रवेश निषेध  गरिएकाे छ। 

क्षीरेश्वरनाथकाे निर्वाचन अधिकृत विकास बस्नेतले पत्रकारकाे टाेलीलाई गेटमा प्रतीक्षा गराएर प्रहरी पठाएरभित्र ल्याउने भने पनि अहिलेसम्म भित्र जान नदिएर फर्काएका छन्। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.