|

काठमाडौं : शनिवार देशभर ११ जना कोभिड - १९ का संक्रमित भेटिएका छन्।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको विवरण अनुसार ३ हजार ३० जनामा गरिएको परीक्षणमा ११ जना संक्रमित भेटिएका हुन्।

आज १२ जना संक्रमित संक्रमणमुक्त भएका छन् भने हाल देशभर १ सय ४८ जना सक्रिय संक्रमित रहेका छन्। मन्त्रालयले शनिबार सार्वजनिक गरेको विवरणमा २४ घन्टामा कोरोना विरुद्धको खोप लगाउने संख्या शून्य रहेको छ।

हाल देशभर ९५ प्रतिशत जनसंख्याले कोरोना विरुद्धको खोप लगाइसकेका छन्। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.