|

विश्वको प्रतिष्ठित फिल्म फेस्टिभल कान्स २०२२ को तेस्रो दिन उत्सवका साथ मनाइँदै थियो। सोही दिन पहिलोपटक स्क्रिनिङ हुन लागेको हलिउड फिल्म थ्री इयर्स अफ लङ्गिङ हेर्न मानिसहरू तयार हुँदै थिए। अचानक एकजना युवती आफूले लगाइरहेको कपडा फुकालेर चिच्याउन थालिन्। 

उनको शरीरको माथिल्लो भागमा युक्रेनको झण्डाको झल्को दिने गरी रंग लगाइएको थियो। जहाँ अंग्रेजीमा हामीलाई बलात्कार गर्न बन्द गर भनेर लेखिएको थियो भने कम्मरमुनि रातो रंगले पोतिएको थियो। एकै छिनमा उनलाई त्यहाँका सेक्युरिटीले कार्यक्रम स्थलभन्दा पर लगे। फेरि पहिलेको जस्तो चहलपहल हुन थाल्यो। 

 

विदेशी सञ्चारमाध्यमका अनुसार उनी युक्रेनी अभियन्ता हुन्। लामो समय चलेको रूस-युक्रेन युद्धमा सयौँ युक्रेनी महिलाको बलात्कार भएको तथ्यांक बाहिर आएको छ। युक्रेनका राष्ट्रपति भ्लोदिमिर जेलेन्स्कीले युद्धको क्रममा धेरै बालबालिकामाथि पनि यौन हिंसा भएको बताएका छन्।

कान्समा युद्धसँग सम्बन्धित फिल्मलाई पनि विशेष महत्त्वका साथ प्रदर्शन गरिएको छ। महोत्सवको तेस्रो दिन मन्तास केदरभिसियसको निर्देशनमा बनेको वार डकुमेन्ट्री मारियोपोलिस २ प्रदर्शन गरिएको थियो। फिल्म मेकर, मानवशास्त्री तथा पुरातत्त्वविद् लिथुआनियाका नागरिक मन्तास गत अप्रिल २ मा रूसी सेनाद्वारा मारिएका थिए। 

फिल्म महोत्सवको पाचौँ दिन सम्पूर्ण युक्रेनी फिल्ममेकरलाई समर्पण गरिएको थियो। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.