|

सुर्खेत : भर्खरै सम्पन्न स्थानीय तहको चुनावमा कर्णाली प्रदेशका १० जिल्लाका स्थानीय तहका प्रमुख पदमा महिलाको उपस्थिति कमजोर देखिएको छ। ५५ पदमा महिलाको सहभागिता रहेको छ भने १०१ पदमा पुरुषहरूको सहभागिता देखिएकाे छ।

दैलेखको भैरवी गाउँपालिकाका अध्यक्षमा रीताकुमारी शाही निर्वाचित भएकी छिन् भने उपाध्यक्षमा देवी भण्डारी निर्वाचित भएकी छिन्। त्यस्तै सुर्खेतको वीरेन्द्रनगर नगरपालिकाको मेयरमा मोहन माया भण्डारी विजय भएकी छिन्।

जुम्लामा पालिकाका दुवै पदमा महिला र पुरुषको समान सहभागिता रहेको छ।

सल्यानका १० पालिकामा ५ जना महिला उपाध्यक्ष रहेका छन्। अन्य सबै मुख्य पदमा पुरुष नै निर्वाचित भएका छन्। हिमाली जिल्ला डोल्पाका आठ पालिकामा उपाध्यक्ष ५ जना महिला निर्वाचित भएका छन् भने ११ पदमा पुरुष नै निर्वाचित भएका छन्।

मुगुका चार स्थानीय तह मध्ये तीन पालिकामा महिला उपाध्यक्ष रहेका छन्। अध्यक्ष सहित एक उपाध्यक्ष गरी पाँच जना पुरुष रहेका छन्।

जुम्लाका ८ पालिका मध्ये अध्यक्षमा र उपाध्यक्षमा ८/८ महिला निर्वाचित भएका छन्। यहाँ सबै भन्दा समावेशी रहेको पाइएको छ। ९ स्थानीय तह रहेको कालिकोटमा पुरुषको रजाइँ देखिएको छ। १४ जना अध्यक्ष र उपाध्यक्ष पुरुष निर्वाचित हुँदा ४ जना महिलालाई मात्र टिकट दिएर निर्वाचित गराइएको छ।

मुख्यमन्त्री जीवनबहादुर शाहीको जिल्लामा ७ स्थानीय तह रहेका छन्। सात स्थानीय तह मध्ये २ स्थानीय तहमा मात्र महिला उपाध्यक्षको सहभागिता रहेको छ, बाँकी १२ अध्यक्ष र उपाध्यक्ष पदमा पुरुष नै निर्वाचित भएका छन्।

जाजरकोटका ७ पालिकामा चार जना महिला उपाध्यक्ष निर्वाचित भएका छन् भने १० जना अध्यक्ष र उपाध्यक्ष पुरुष नै निर्वाचित भएका छन्। दैलेखका ११ स्थानीय तह मध्ये भैरवी गाउँपालिकामा अध्यक्ष र उपाध्यक्ष दुवै पदमा महिला निर्वाचित भएका छन्।

११ पुरुष अध्यक्ष र उपाध्यक्षमा निर्वाचित भएको तथ्यांकमा उल्लेख  छ। एक अध्यक्ष सहित ११ पदमा महिला निर्वाचित भएको पाइएको छ।

कर्णालीको राजधानी सुर्खेतको वीरेन्द्रनगर नगरपालिकाको मेयरमा महिला मोहन माया ढकाल निर्वाचित भएकी छिन्। सुर्खेतमा १० अध्यक्ष र उपाध्यक्ष पदमा पुरुष र एक मेयर सहित ८ जना मेयर र उपाध्यक्षमा उपमेयरमा महिला निर्वाचित भएका हुन्।

अर्थमन्त्री जर्नादन शर्माको जिल्ला रुकुम पश्चिममा अध्यक्ष/मेयर पदमा महिलाको सहभागिता छैन भने उपाध्यक्ष पदमा ५ जना महिलाले जितेका छन्। त्यस्तै अध्यक्ष वा मेयर पदमा ७ पुरुष विजय भएका छन्।

यहाँ ६ पालिका रहेका छन्। दैलेखको भैरवी गाउँपालिकामा अध्यक्ष र उपाध्यक्ष महिला रहेका छन् भने सुर्खेतको वीरेन्द्रनगर नगरपालिकामा मेयर महिलाले जितेकी छन्।

एक मेयर, एक अध्यक्ष र बाँकी ५३ पदमा उपाध्यक्ष सहित ५५ पदमा महिलाको कर्णाली प्रदेशका १० जिल्लामा सहभागिता रहेको छ। त्यस्तै १० जिल्लाको १०१ पदमा पुरुषको मुख्य पदमा सहभागिता रहेको छ। समग्रमा समावेशीताको हिसाबले महिलाकाे उपस्थिति कमजोर पाइएको छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.