|

सोलुखुम्बु : सोलुखुम्बुको सोताङ गाउँपालिकाले ७० वर्ष माथिका जेष्ठ नागरिकहरुलाई घरघरमा नै पुगेर स्वास्थ्य परीक्षण गर्ने भएको छ।

नवनिर्वाचित गाउँपालिका अध्यक्ष खिलराज बस्नेतले पदभार ग्रहण गरे लगत्तै पालिका भित्रका ७० वर्ष माथिका नागरिकको नि:शुल्क स्वास्थ्य परीक्षण र औषधी उपलब्ध गराउने निर्णय गरेका हुन्।

यस्तै मतदानको क्रममा झडपमा परी ज्यान गुमाएका सुदिप राईको हत्यारालाई कारबाहीको दायरामा ल्याउने निर्णय भएको छ।

अध्यक्ष बस्नेतले राईको हत्याको सत्यतथ्य छानबिनका लागि गाउँपालिकाले सक्दो सहयोग गर्ने बताए। साथै मृतक राईको बालबच्चाको उचित शिक्षाका लागि समेत आवश्यक सहयोग गर्ने बताएका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.