|

मुस्ताङ : नेपाली सेनाले मुस्ताङको जोमसोममा पहिलो पटक आयोजना गरेको ‘प्रथम प्रधानसेनापति अन्तर्राष्ट्रिय हाई अल्टिच्युड ट्राई एडभेन्चर प्रतियोगिता २०७९’ सम्पन्न भएको छ। शनिबार मुस्ताङको जोमसोम क्षेत्रमा भएको प्रतियोगितामा स्वदेशी तथा विदेशी गरी २१ टिमका ४२ खेलाडीले प्रतिस्पर्धा गरेका थिए।

कार्यक्रममा प्रतियोगी माझ रक क्लाइम्बिङ, रनिङ, रिभर क्रसिङ र साइक्लिङमा प्रतिस्पर्धा भएको थियो।

प्रतियोगितामा पुरुषतर्फ त्रिभुवन आर्मी क्लबका हिमाल टमाटा प्रथम हुन सफल भए। उनले प्रतियोगितामा सहभागी हुन पाउँदा खुसी लागेको र तालिममा सिकेको कुरा प्रस्तुत गर्नुका साथै विदेशी खेलाडीसँग प्रतिस्पर्धा गरेको बताए।

यस्तै, दोस्रो स्थान हात पार्न सफल नेपाली सेनाको त्रिभुवन आर्मी क्लबका खेलाडी मानबहादुर थापा मगरले तालिममा हाँसिल गरेको अनुभवले विदेशी खेलाडीसँग प्रतिस्पर्धा गर्न सहज भएको सुनाए। भारत र बंगलादेशका खेलाडी पनि कमजोर नभएको उनकाे भनाइ छ।

प्रधानसेनापति प्रभुराम शर्माले उद्घाटन गरेको प्रतियोगितामा सहभागी खेलाडीलाई २० दशमलव २ किलोमिटर दूरी पार गर्नुपर्ने प्रावधान राखिएको थियो। तोकिएको दूरी पार गर्दै त्रिभुवन आर्मी क्लबकै मानबहादुर थापा दोस्रो हुन सफल भएका थिए।

सोही प्रतियोगितामा महिलातर्फ हिमालयन गर्ल्स टिमका खेलाडी प्रथम, त्रिभुवन आर्मी क्लब ‘ए’ का दोस्रो र त्रिभुवन आर्मीकै क्लब ‘बी’ टिमका खेलाडीले तेस्रो स्थान हाँसिल गरे।

प्रतियोगितामा पुरुषतर्फ विजेता हुने पहिलो टिमलाई ट्रफी सहित ३ हजार, दोस्रो र तेस्रो हुने टिमलाई क्रमशः २ र १ हजार डलर प्रदान गरिएको थियो। त्यस्तै, महिलातर्फ प्रथम हुने टिमलाई ट्रलीसहित नगद १ लाख, दोस्रो हुनेलाई ७५ हजार र तेस्रो हुनेलाई ५० हजार रुपैयाँ प्रदान गरिएको आयोजक नेपाली सेनाले जनाएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.