४६ सय २१ मतगणना बाँकी रहँदा साम्पाङ ४१ सय ५९ मतले अगाडि

|

सुनसरी: धरान उपमहानगरपालिकामा स्वतन्त्र उम्मेदवार हर्क साम्पाङको जित लगभग सुनिश्चित भएको छ। धरानमा कुल ६२ हजार ८५७ मत खसेकोमा अब ४ हजार ६२१ मात्रै गणना गर्न बाँकी रहेको छ।

स्वतन्त्र उम्मेदवार साम्पाङले ४ हजार १५९ मतान्तरले अगाडि छन्। बिहान ११ बजे सार्वजनिक मत परिणामअनुसार स्वतन्त्र उम्मेदवार साम्पाङले १९ हजार १५५ मत ल्याएका छन्। यता, गठबन्धनका तर्फबाट कांग्रेसका मेयर उम्मेदवार किशोर राईले १४ हजार ९९६ मत ल्याएर पछ्याइरहेका छन्।

स्वतन्त्र उम्मेदवार साम्पाङ कांग्रेसका राई भन्दा ४ हजार ६२१ मतान्तरले अगाडि रहेका छन्। यता साढे तीन दशकदेखि हुँदै आएका धरानका प्रत्यक्ष निर्वाचनबाट धरानको बागडोर सम्हाल्दै आएको एमाले तेस्रो स्थानमा पुगेको छ। एमालेकी उम्मेदवार मञ्जु भण्डारी सुवेदीले १२ हजार १४३ मत ल्याएकी छन्। 

यता, उपमेयरमा भने गठबन्धनको तर्फबाट माओवादी केन्द्रका उम्मेदवार आइन्द्र विक्रम बेघा अगाडि रहेका छन् । ताजा मतपरिणामा अनुसार बेघाले १८ हजार ८६४ मत ल्याएका छन्।

उनलाई पछ्याइरहेका एमालेका पदम इस्वो लिम्बुले १६ हजार ५८१ मत ल्याएका छन्। धरानमा अहिलेसम्म १९ वटा वडाको मतगणना सम्पन्न भएको छ। हाल वडा नम्बर १७ को मतगणना जारी रहेको छ।

आइतबार साँझसम्ममा अन्तिम मतपरिणाम आउने निर्वाचन अधिकृतको कार्यालय धरानले जानकारी दिएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.