|

जुम्ला : सिंजाका गाउँपालिकाका नवनिर्वाचित अध्यक्ष पूर्णप्रसाद धितालले शपथग्रहण गरेको पहिलो दिनमै  नियमित टेलिफोन सेवा सञ्चालनका लागि पहल गरेका छन्। यसअघि सिंजा गाउँपालिकामा बिहान, साँझ, र घाम नलागेको दिन फोन सेवा अवरुद्ध हुने समस्या थियो। 

सिंजामा साँझ देखि बिहान सम्म टेलिफोन सेवा अवरुद्ध हुने समस्याले नागरिक हैरान थिए। यो समस्या समाधानका लागी नेपाल टेलिकम जुम्ला संग अनुरोध गरिएका थियौँ। फोनको टावर अघिल्लो  स्थानीय सरकारले गरेको थियो।  हामीले संचार मन्त्रालय र  नेपाल टेलिकमको केन्द्रीय कार्यालयसँग समन्वय गरी  नयाँ ब्याट्री थप  गरेको धितालले  जानकारी दिए।  

उनले भने,‘फोन सेवा नियमित नहुँदा  नागरिक समस्यामा थिए। जुम्लामा रहेको टेलिकमको कार्यलयमा पुगेर १५६० किलो वजनका नयाँ  ४८ वटा ब्याट्री ल्याइएको हो। त्यस्तै नेपाल टेलिकमका प्रमुख रामचन्द्र श्रेष्ठले  नवनिर्वाचित अध्यक्षले पहल गरेपछि  प्राविधिकहरू सहितको टोली गाउँपालिकामा पठाएको बताए। 

सिजा गाउँपालिकाको वडा नं ४ को भुली टावरमा नयाँ ब्याट्री जडान गरिरहेको  छ।  ब्याकपको कमीले फाेन सेवा अवरुद्ध हुने गरेको थियो। अब त्यो समस्या हुने छैन।  सिजा गाउँपालिकामा नियमित फोन सेवा सुचारु भएपछि  सहज भएको स्थानीय डिल्ली प्रसाद तिवारीले बताए। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.