|

सुर्खेत  ः सत्तारूढ दलहरु भन्दा बाहिर गठबन्धन गर्न नपाइने केन्द्रीय सकुलरविपरीत कर्णालीमा नेकपा (माओवादी केन्द्र) लाई हराउनका लागि नेपाली कांग्रेस , नेकपा एमाले र नेकपा ( एकीकृत समाजवादी ) को गठबन्धन भएको माओवादीले आरोप लगाएको छ।

यही गठबन्धनका कारण माओवादीले आधार क्षेत्र मानेको कर्णालीमा अघिल्लो स्थानीय तहको निर्वाचनमा जितेका पालिकामा अहिले हार बेहुर्नुपरेको छ। आफू सुरक्षित हुनका लागि कांग्रेसले गठबन्धन बाहिरका दलसँग सहकार्य र उपयोग गरेको माओवादी नेताहरुकै भनाइ छ।

सत्तारुढ गठबन्धनले कर्णालीमा कांग्रेसलाई फलिफाप भए पनि माओवादीलाई भने घाटा भएको निष्कर्ष माओवादी कर्णाली प्रदेश इन्चार्ज कालीबहादुर मल्लले बताए। रुकुम पश्चिमका ४, सुर्खेतको १, दैलेखका २, जाजरकोटको १, हुम्लाका ३, कालिकोटका ५, जुम्लाका २, मुगुको १, डोल्पाका २ र सल्यानका २ पालिका सहित २३ पालिकाको नेतृत्व यो पटक पाएको छ। यद्यपि आफ्नै आधार क्षेत्र मानिने रुकुम पश्चिममा काँग्रेसका कारण दुई पालिका गुमाएको छ।

०७४ मा रुकुमका ६ वटै पालिकामा वर्चश्व जमाएको माओवादीले मुसिकोट नगरपालिका र बाँफिकोट गाउँपालिका गुमाएको छ। बाँफिकोटमा काँग्रेस जनक कुमार बाँठा विजयी भएका छन्। अर्थमन्त्री जनार्दन शर्माको गृहनगर मुसिकोटमा पनि काँग्रेसका महेन्द्र केसी विजयी भए। यहाँ काँग्रेसले गठबन्धनको निर्णयविपरीत एमालेसँग तालमेल गरेको थियो।

यस्तै, गठबन्धनले गर्दा अन्य जिल्लाका केही पालिकाहरुमा पनि घाटा भएको माओवादी केन्द्रकी प्रदेशका इन्चार्जका कालीबहादुर मल्लले जानकारी दिए। उनले भने ,‘गठबन्धनमा काँग्रेसकाे इमान्दारीता देखाएनन्। माओवादीले इमान्दारितापूर्वक भोट काँग्रेसका उम्मेदवारलाई दिने, तर काँग्रेसले माओवादीका उम्मेदवारलाई नदिएको देखिन्छ। यो काँग्रेसको छलकपट पुर्ण तरिकाले समस्य ल्यायो ।’

मल्लले माओवादी एक्लै लडेको खण्डमा ३९ वटा पालिकामा विजयी हुने सङ्कलन गरिएको बताए। माओवादीले ०७४ मा कुनै पालिका नजितेको सुर्खेतमा १ र दैलेखमा दुई पालिकामा भने जितेको छ।  दैलेखको नौमुले र भगवतीमा माओवादी र समाजवादीको मात्रै गठबन्धन थियो भने काँग्रेस त्यसको विरुद्धमा उम्मेदवारी दिएको थियो। दैलेखमा माओवादी सांगठनिक रूपमा कमजोर  छ।

डोल्पामा मुड्केचुला र जगदुल्लामा माओवादीलाई हराउनका लागि एमाले , कांग्रेस र एस मिलेर चुनावमा गएका थिए। यो काममा एसकै नेता तथा पुर्व राज्यमन्त्री धनबहादुर बुढा न्वरण देखिको बल लगाएर गठबन्धन विरुद्ध काम गरिरहेको माओवादी नेताको आरोप छ। 

पुर्व गृहमन्त्री तथा माओवादी नेता शक्तिबहादुर बस्नेत र कर्णाली माओवादी इन्चार्ज कालीबहादुर मल्लको गृह जिल्ला जाजरकोटमा समेत कांग्रेसले माओवादीलाई धोका दिएको पाइएको छ। भेरी नगरपालिकामा कांग्रेस र माओवादीको गठबन्धन भएपनि माओवादीका मेयरका उम्मेदवार गगनबहादुर खड्कालाइ हराएर एमालेका सिपि घर्तीलाई मेयरमा जिताएर उप मेयरमा कांग्रेसकी सीता जैसीलाई विजय बनाएको छ। उपमेयर कांग्रेसको भागमा परेको थियो।

त्यस्तै जुनि चाँदेमा अध्यक्ष माओवादीलाई दिएर उपाध्यक्ष कांग्रेसको भाग परेपनि माओवादी उम्मेदवार शिवा आचार्यलाई हराएर एमालेका उम्मेदवार देवबहादुर शाहीलाई जिताइ उपाध्यक्षमा कांग्रेसले आफ्नो उम्मेदवारलाई जिताएको छ। 

बारेकोटमा आफ्नै अन्तर्घातका कारण कांग्रेसले अध्यक्ष पद हराएको छ। त्यहाँ नेकपा एमालेका वीरबहादुर गिरीले अध्यक्ष जितेका छन्। उपाध्यक्षमा माओवादी केन्द्रका नरबहादुर गिरीले जिते। जाजरकोटको नलगाड नगरपालिकाको वडा ४,५ र ६ मा समेत एमाले , कांग्रेस र एसकै भित्री गठबन्धन भइ माओवादीका वडाध्यक्षका उम्मेदवारलाई हराएको छ।

माओवादीले अन्तर्घातको समीक्षा गर्दै

नेकपा (माओवादी केन्द्र) ले गठबन्धन विरुद्ध भएको गतिविधि र आन्तरिक रुपमा गरिएको अन्तर्घातका विषयमा समिक्षा थालेको छ। पालिकाबाट सुरु भएको समिक्षा ,जिल्ला ,प्रदेश हुँदै केन्द्र गएर फाइनली समिक्षा हुने माओवादी कर्णाली प्रदेशका इन्चार्ज कालीबहादुर मल्लले बताए। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.