|

जुम्ला : जुम्लामा एम्बुलेन्स दुर्घटना भएको छ। जुम्लाको कनकासुन्दरी गाउँपालिकाबाट बिरामी ल्याउँदै गरेको एम्बुलेन्स दुर्घटना भएको हो।

जिल्ला प्रहरी कार्यालय जुम्लाका अनुसार कनकासुन्दरी गाउँपालिका–६ स्थित दाँते ओखरमा क १ झ १५ नम्बरको कनकासुन्दरी गाउँपालिकाको एम्बुलेन्स बिहान दुर्घटनाग्रस्त भएको छ। 

प्रहरी निरीक्षक तथा सूचना अधिकारी भुवन भट्टका अनुसार एम्बुलेन्स दुर्घटना हुँदा तीनजना सामान्य घाइते भएका छन्। कनकासुन्दरी–६ निवासी दलवीरे ऐडी विरामी भई सदरमुकाम ल्याइँदै गर्दा दुर्घटना भएको छ। दुर्घटनामा खासै क्षति नभएको प्रहरीले जनाएको छ। प्रहरी निरीक्षक भट्टका अनुसार एम्बुलेन्स सडकबाट १५,२० मिटर तल एम्बुलेन्स खसेको थियो।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.