|

पाल्पा : तानसेन नगरपालिका-९ दमकडामा मोटरसाइकल दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ। एकजना घाइते भएका छन्।

मृत्यु हुनेमा तिनाउ गाउँपालिका-५ मस्यामका २२ वर्षीय योगेश रासकोटी रहेका जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक वीरेन्द्र थापाले बताए।

माथागढी गाउँपालिका-३ सराइबाट बासटारीतर्फ आउँदै गरेको लु७७प २१३२ नम्बरको मोटरसाइकल अनियन्त्रित भइ शनिबार राती साढे ११ बजे सडकमै पल्टिएको थियो।

गम्भीर घाइते रासकोटीको लुम्बिनी मेडिकल कलेज प्रभासमा उपचारका क्रममा आइतबार (आज) मृत्यु भएको हो।

घाइते हुनेमा चालक सोही ठाउँका जनक राना रहेका छन्। सामान्य घाइते उनको लुम्बिनी मेडिकल कलेजमै उपचार भइरहेको छ।

घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.