‘विकासका लागि ५ वर्षको होइन, २५ वर्षको योजना बनाउनुपर्छ’

|

काठमाडौं : राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष स्वर्णिम वाग्लेले नेताहरुको कुर्सी मात्रै जोगाउने राजनीतिक स्थिरताले केही दिन नसकिने बताएका छन्। 

आइतबार काठमाडौंमा आयोजित राष्ट्रिय योजना आयोगका पूर्व-उपाध्यक्ष तथा अर्थविद् स्वर्णिम वाग्लेद्वारा लिखित पुस्तक अतृप्त अवसर लोकार्पण तथा समसामयिक अर्थ–राजनीतिक विमर्शमा बोल्दै देश विकासका लागि नीतिगत सुनिश्चितता आवश्यक रहेको बताए। देशको विद्यमान पद्धति र प्रणालीमा सुधार आवश्यक रहेको उनको भनाइ छ। 

उनले भने, ‘आफ्नै कुर्सी मात्रै जोगाउने स्थिरताले त केही दिँदो रहेनछ। नीतिगत सुनिश्चितता त्यो चाहिँ हुनुपर्‍यो। सरकारको तिन वर्षे, पाँच वर्षे नहेरौँ। लामो हेरौँ। अर्को नेता विशेषको ओझ, नेता विशेषको करिस्मा भन्दा पनि अन्ततः पद्धति र प्रणालीमा सुधार नगरीकन डेलिभरी हुँदो रहेनछ भन्ने कुरा हामीले निरन्तर देखिराखेको छौँ।’

राष्ट्रिय योजना आयोगकी पूर्वसदस्य उषा झाले विकासको दीर्घकालिन योजना बनाउनुपर्ने बताइन्। विकासका लागि ५ वर्षको नभई २५ वर्षको योजना बनाउनुपर्नेमा उनले जोड दिए। नेपालमा काम गर्न नीतिको कमी नभए पनि प्रशासनिक प्रक्रियामा ढिलो हुने गरेको उनको भनाइ छ। 

उनले भने, ‘धेरै एक्सनमा जान सकेनौँ। हामीसँग नीतिका कमी छैन। संविधानले धनी बनाइदिएको छ। हेर्नु न शिक्षा, स्वास्थ्य, सामाजिक सुरक्षाको कुरा के मात्रै छैन? तर पनि अहिले पनि कार्यविधि बनाउनु, प्रशासनिक प्रक्रियाहरूले गर्दा हाम्रा सबै कुराहरु रोकिने रैछ। शिक्षा, स्वास्थ्य र सामाजिक सुरक्षाले आर्थिक विकासमा कन्ट्रीव्युट गर्छ। मानव जनशक्ति विकासमा कन्ट्रिव्युट गर्छ।’ 

उनले २५ वर्षे योजना बनाउन सके ५ वर्षमा जसको सरकार आएपनि योजना बनाइरहनु नपर्ने र गुरुयोजनाअनुसार काम निरन्तर अगाडि बढाइराख्न सजिलो हुने बताए। 

‘हामीले ५ वर्षको कुरा नगर्दा हुन्छ, ५ वर्षको कुरा गर्दा हामीले धेरै छोटो सोचमा आफुलाई उभ्याइराखेको हुन्छ। हामीले २५ वर्षको कुरा गरौँ। २५ वर्ष पछि हामीले के कुरा प्राप्त गर्ने हो त्यो कुरा सिस्टममा ढालौँ। मास्टरप्लानमा ढालौँ’ उनले भने, ‘सरकार जोसुकैको आओस् उसले पाँच वर्षको प्लान गर्नु पर्दैन। चलिराखेको कुरामा उसले कहाँनेर अतृप्त अवसरहरू छन्। त्यसलाई अगाडी बढाउने कामहरु गर्दै गयो भने एउटा सिस्टम डेभलप भएर आउँछ। सिस्टम डेभलप भयो भने त्यसको पहुँच जनतामा हुन्छ।’

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.