|

जनकपुरधाम : सिरहामा अज्ञात समूहले धारिलो हतियार प्रहार गरेर मृत छोडिएको अवस्थामा बुवा र छोरा  आफ्नै कोठामा फेला परेका छन्। 

घरमा सुतिरहेको अवस्थामा सिरहाको अर्नमा गाउँपालिका-१ महनौरका करिब ६० वर्षीय चुलाही भन्ने चन्देश्वर पाल र उनका १९ वर्षीय छोरा सन्तकुमार पाल मृत फेला परेका हुन्। 

सन्तको विवाह जेठ ११ का लागि तय भएकाले स्थानीय महिलाहरू विवाह गीत गाएर आ–आफ्नो घर गएपछि बुवा छोरा करिब १२ बजे सुतेका थिए। छुट्टाछुट्टै कोठामा सुतेका बुवा र छोराको सुतिरहेकै ठाउँमा धारिलो हतियार प्रयोग भएको प्रहरीले जनाएको छ।

जिल्ला प्रहरी कार्यालय सिरहाका प्रवक्ता प्रहरी नायव उपरीक्षक सुवास बुढाथोकीले घटनाबारे तत्काल केही बताउन नसकिने जानकारी दिए। प्रवक्ता बुढाथोकीले  प्रहरीले घटना सम्बन्धमा अनुसन्धान गरिरहेको र यसका लागि तालिम प्राप्त कुकुरको पनि सहयोग लिइएको जानकारी थाहाखबरलाई दिए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.