एकठाउँमा स्वतन्त्र विजयी, दुई ठाउँमा अग्रता कायमै

|

काठमाडौं : देशभरका ११ मध्ये अब ३ वटा उपमहानगरको नतिजा आउन बाँकी छ। तीमध्ये तुल्सीपुर उपमहानगरमा नेकपा एमालेको अग्रता छ भने धरान र जनकपुरधाममा स्वतन्त्र उम्मेदवारको अग्रता रहेको छ। 

धरानमा स्वतन्त्र उम्मेदवार हर्क साम्पाङ राईले गठबन्धनको तर्फबाट कांग्रेसका उम्मेदवार किशोर राईलाई पछि पार्दा जनकपुरधाममा स्वतन्त्र उम्मेदवार मनोज कुमार साह सुडी एमालेका शिवशंकर शाहभन्दा अगाडि छन्। 

तुलसीपुरमा एमालेका उम्मेदवार टीकाराम खड्कालाई गठबन्धनका गेहेन्द्र गिरीले पछ्याइरहेका छन्। खड्काले १६ हजार ४९२ ल्याउँदा गिरिले १५ हजार ४२५ मत ल्याएका छन्। 

आजै धनगढीमा स्वतन्त्र उम्मेदवार गोपाल हमाल निर्वाचित भए। गठबन्धनका तर्फबाट उम्मेदवार भएका कांग्रेसका नृपबहादुर वडलाई पराजित गर्दै हमाल विजयी भएका हुन्। हमालले वडभन्दा १२ हजारभन्दा बढी मत पाए। 

कुन दलले कति जिते?

यसपटकको स्थानीय तह निर्वाचनमा कांग्रेसले तीन उपमहानगरको नेतृत्व पाएको छ। इटहरीमा हेमकर्ण पौडेल, नेपालगञ्जमा प्रशान्त विष्ट र बुटवलमा खेलराज पाण्डे गठबन्धनको साथ पाएर का‌ंग्रेसबाट विजयी भए।

एमालेले हालसम्म दुई उपमहानगरको नेतृत्व हात पारिसकेको छ भने तुल्सीपुरमा अग्रता कायम राखेको छ। एमालेबाट घोराही मेयरमा नरुलाल चौधरी र कलैया मेयरमा विनोदप्रसाद साह निर्वाचित भएका हुन्। 

नेकपा माओवादी केन्द्रबाट राजन पौडेलले जीतपुरसिमरा उपमहानगरमा र हेटौंडामा एकीकृत समाजवादीकी मीनाकुमार लामा मेयर निर्वाचित भएकी छन्। 
 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.