|
फाइल फोटो

काठमाडौं : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सत्तारूढ दल नेपाली कांग्रेसले घोषणापत्रमा भ्युटावर नबनाउने उल्लेख गरेपछि त्यसको कटाक्ष गरेका छन्।

काठमाडौंमा आयोजित मीना श्रेष्ठको कविता कृति फर्गेट एस्टर्डे लोकार्पण समारोहलाई सम्बोधन गर्दै ओलीले कांग्रेसलाई संकेत गर्दै भने, ‘एउटा पार्टीले आफ्नो घोषणापत्रमै भन्यो भ्युटावर बनाउँदिनँ भनेर। काम छैन भनेर। इफेल भन्ने इन्जिनियर जसले इफेल टावर बनाए। बुद्धि नभएकाे रहेछन् कि क्या हो।'

अध्यक्ष ओलीले इफेल टावर फ्रान्सको प्रतीक भएको बताए उल्लेख गर्दै अर्बौंको आम्दानीको स्रोत बनेको उल्लेख गरे। ‘त्यहाँ धानको कोदो कमै आँप केही फल्दैन। पैसा मात्रै फल्छ’ उनले भने।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.