|

बागलुङ : बागलुङमा चट्याङ लागेर एक जनाको मृत्यु भएको छ भने तीन जना गम्भीर घाइते भएका छन्।

चट्याङ लागेर जिल्लाको ढोरपाटन नगरपालिका वडा नम्बर ७ गाल्ढुङका १९ वर्षीय बालचन्द्र विकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी नायव निरीक्षक इन्द्रबहादुर रानाले जानकारी दिए।

विकको उपचारका लागि प्राथमिक स्वास्थ्य केन्द्र बुर्तिवाङ ल्याइए पनि अस्पतालले उनलाई मृत घोषणा गरेको थियो।

चट्याङ लाग्दा ढोरपाटन नगरपालिका वडा नम्बर ७ का १६ वर्षीय बिट्टु विक, १६ वर्षीय लक्ष्मी विक र ७२ वर्षीय पुण्यराम कामी घाइते भएको रानाको भनाई छ।

घाइते सबैको मुखबाट रगत बगेको र अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ।

घाइतेहरूलाई बुर्तिवाङ प्राथमिक स्वास्थ्य केन्द्रमा सामान्य उपचारपछि पाल्पा स्थित मिसन अस्पतालमा रेफर गरिएको अस्पतालले जनाएको छ। आइतबार दिउँसो तीन बजे स्थानीय काली प्रसाद विक र पुण्यराम कामीको घरमा चट्याङ परेको प्रहरीले जनाएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.