उपत्यकामा १ हजार बंगुर मरे

|

काठमाडौं : नेपालमा पहिलो पटक अफ्रिकन स्वाइन फिभर रोग देखिएको छ। काठमाडौंको कागेश्वरी मनोहरा क्षेत्रमा पालिएका बङगुरमा उच्च मृत्युदर देखा परेपछि गत चैतको अन्तिम साता नमुना संकलन गरी परीक्षण गरिएको थियो।

केन्द्रीय पशुपन्छी रोग अन्वेषण प्रयोगशाला र त्रिपुरेश्वरमा मलिकुलर र सिरोलोजिकल विधिबाट परीक्षण गर्दा अफ्रिकन स्वाइन फिभर रोगको प्रारम्भिक नतिजा प्राप्त भएको पशु सेवा विभागले जनाएको छ।

थप पुष्टिका लागि विश्व पशु स्वास्थ्य संगठनले तोकेअनुसार अस्ट्रेलियास्थित रिफरेन्स प्रयोगशालामा नमुना पठाइएको थियो। त्यहाँबाट पनि अफ्रिकन स्वाइन फिभर पुष्टि भएको विभागले जनाएको छ।

यस रोगबाट काठमाडौंको कागेश्वरी मनहरा, कीर्तिपुर, चन्द्रागिरी, टोखा र दक्षिणकाली क्षेत्र र ललितपुरको गोदावरी तथा भक्तपुरको चाँगुनारायण क्षेत्रका १ हजार १९ बंगुर मरेको विभागले जनाएको छ। यो रोग पशुबाट मानिसमा भने नसर्ने विभागले स्पष्ट पारेको छ।

यस रोगबाट संक्रमित भएका सुँगुर प्रजातिमा उच्च जरो आउने, कान, पुच्छर, पेटको तल्लो भागको बाहिरी छाला रातो हुने र शरीरमा निलो धब्बा देखिने, बान्ता गर्ने, छेर्ने जस्ता लक्षण देखिने तथा एकै पटक ठूलो संख्यामा मर्ने गर्छन्। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.