|
फाइल तस्वीर

जुम्ला : पाँच वर्षको अवधिभर चन्दननाथ नगरपालिकाका जेष्ठ नागरिकले अधिकार पाउनबाट वञ्चित भएको  बताएका छन्।

उनीहरुले संविधानमै ब्यवस्था भएको हक अधिकारबाट जुम्लाका जेष्ठ नागरिकलाई चन्दननाथ नगरपालिकाले बञ्चित गराएको आरोप लगाएका हुन्। जेष्ठ नागरिक संघले आयोजना गरेको नवनिर्वाचित मेयर, उपमेयर र वडाध्यक्षहरुका लागि बधाई कार्यक्रममा यस्ताे बताइएकाे हाे।

उक्त कार्यक्रममा बोल्दै जेष्ठ नागरिक संघका अध्यक्ष तीर्थराज भारतीले नगरपालिकाले नेपालको संविधानले दिएको हकअधिकार समेत कटौती गरेको दुखेसो पोखेका छन्।

संविधानले दिएको सेवा सहजै रुपमा पाउनुपर्ने हो तर सरकारले  दिने  सामाजिक सुरक्षा भत्ता समेत दिन आनाकानी गरेको बताए।

अध्यक्ष भारतीले भने, जेष्ठ नागरिकलाई निशुल्क उपचारको ब्यवस्था छ। तर जुम्लाका जेष्ठ नागरिकले पाएका छैनन्। उनले भने, यस अघि महिला तथा बालबालिका कार्यालयले जेष्ठ नागरिकका माग सम्बोधन गरेको थियो।

गाउँमा सरकार आयो, त्यो कार्यालय खारेज भयो। चन्दननाथ नगरपालिकाले  मेयर उपमेयर दुई वटै पदमा महिला पायो। तर यो पाँच वर्षको अवधिभर कुनै  जेष्ठ नागरिकहरूका माग पूरा नभएको बताए। 

नगरप्रमुख राजु सिंह कठायतले समयमै सामाजिक सुरक्षा भत्ता उपलब्ध गराउने बताए। उनले  जेष्ठ नागरिकका गुनासा सम्बोधन गर्न तयार रहेको बताए।

यो गाउँका सिंहदरबारका सिंहहरूको निकै ठूलो कमजोरी हो। मेयर कठायतले वृद्ध आश्रम खोल्नमा आफ्नो ठूलो योगदान रहेको स्मरण गराए।

उनले अब अधिकारका विषयमा पहलकदमी गरिने बताए। त्यस्तै उपमेयर रमादेवी खड्काले नगरबाट प्रवाह हुने सेवा सुविधामा जेष्ठ नागरिकका लागि  कुनै कञ्जुस्याइँ नहुने बताइन्। उनले भनिन्, 'जेष्ठ नागरिक डाँडामाथिका जून जस्तै हुन्। यिनका लागि नगरपालिकाले आधारभूत आवश्यकता पूरा गर्न लाग्ने छ।'

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.