|

काठमाडौं : काठमाडौं महानगरपालिका–८ मा नेपाली कांग्रेसका आशामान संगत प्यानलसहित विजयी भएका छन्। संगतले निकटतम प्रतिद्वन्द्वी एमालेका उमेशकुमार कुइँकेललाई ८१९ मतान्तरले पराजित गरेका हुन्।  

काठमाडौंका मुख्य निर्वाचन अधिकृत राजुकुमार खतिवडाका अनुसार संगतले एक हजार ५५७ मत प्राप्त गर्दा कुइँकेलले ७३८ मत पाए। त्यसैगरी शेखर देउला र सलोनी वडारी वडा सदस्य चुनिए। महिला सदस्यतर्फ कांग्रेसकी सरस्वती राजवंशी  र दलित महिला सदस्यमा राजलक्ष्मी भुसााल विजयी भए।  

महानगरपालिकाको १, २, ३ ,४ ५, ६, ८, २८, २९, ३० र ३२ को मतपरिणाम सार्वजनिक भइसकेको छ। त्यसैगरी ७, ९, १०, २४, २५, २६, २७ र ३१ को मत गणना जारी छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.