|

शंकर खत्री

सुनसरी : दुई उपमहानगरपालिका, चार नगरपालिका र ६ गाउँपालिकासहित १२ स्थानीय तह रहेको  जिल्लामा सम्पूर्ण स्थानीय तहको अन्तिम मतपरिणाम आइसकेको छ।

जिल्लाको १२ मध्ये ७ स्थानीय तहको प्रमुख\अध्यक्ष जितेर नेपाली कांग्रेस पहिलो बनेको छ। उसले ६ वटा उपप्रमुख\उपाध्यक्षमा पनि विजय हासिल गरेको छ। 

कांग्रेसबाट इटहरी उपमहानगरपालिकाको प्रमुखमा हेमकर्ण पौडेल विजयी भएका छन्। इनरुवा नगरपालिकामा प्रमुखमा केदार भण्डारी र उपप्रमुखमा विनीताकुमारी मेहता तथा दुहवी नगरपालिकाको प्रमुखमा वेदनारायण गच्छादार र उपप्रमुखमा मेनुका पोखरेल निर्वाचित भएका छन्। यस्तै बराहक्षेत्र नगरपालिकाको प्रमुखमा रमेश कार्की विजयी भएका छन्। 

गाउँपालिकातर्फ भोक्राहा नरसिंह गाउँपालिकाको अध्यक्षमा अजमल अख्तर मियाँ र उपाध्यक्षमा सनिताकुमारी उराँव निर्वाचित भएका छन्। हरिनगर गाउँपालिकाको अध्यक्षमा गफार अन्सारी मियाँ र उपाध्यक्षमा रिमझिमकुमारी भगत तथा कोशी गाउँपालिकाको अध्यक्षमा ऐयुव अन्सारी र उपाध्यक्षमा अनिता देवी यादव विजयी भएका छन्।

यस्तै देवानगञ्ज गाउँपालिकाको उपाध्यक्षमा कुमारी विभा यादव निर्वाचित भएकी छिन्।

दोस्रो स्थानमा रहेको नेकपा एमालेले तीन पालिकाको प्रमुख\अध्यक्ष र पाँच पालिकाको उपप्रमुख\उपाध्यक्षमा जित हासिल गरेको छ। 

इटहरी उपमहानगरपालिकाको उपप्रमुखमा संगीताकुमारी चौधरी निर्वाचित भएकी छिन्। रामधुनी नगरपालिकाको प्रमुखमा शंकरलाल चौधरी र उपप्रमुखमा तारा थापा तथा बराहक्षेत्र नगरपालिकाको उपप्रमुखमा नन्दकुमारी राई निर्वाचित भएका छन्। गाउँपालिकातर्फ बर्जु गाउँपालिकाको अध्यक्षमा जिवछ कुमार राय र उपाध्यक्षमा नितुकुमारी चौधरी तथा गढी गाउँपालिकाको अध्यक्षमा आश नारायण चौधरी र उपाध्यक्षमा अनिताकुमारी साह निर्वाचित भएका छन् । 

यस्तै स्वतन्त्र र जसपाका उम्मेदवार एक\एक पालिकाको प्रमुख पदमा जित हासिल गरेका छन्। माओवादी केन्द्रले भने एक पालिकामा उपप्रमुख पदमा जित हासिल गरेको छ। 

धरान उपमहानगरपालिकामा स्वतन्त्र उम्मेदवार हर्कराज राई (हर्क साम्पाङ) प्रमुखमा निर्वाचित भएका छन्।  माओवादी केन्द्रका अइन्द्रविक्रम बेघा उपप्रमुखमा विजयी भएका छन्। यस्तै जिल्लाको देवानगञ्ज गाउँपालिकाको अध्यक्षमा जसपाका बेचन प्रसाद मेहता विजयी भएका छन्।  

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.