|

अष्ट्रेलियाका नवनिर्वाचित प्रधानमन्त्री एन्थोनी अल्बानीले सोमबार शपथ लिएका छन्। गत शनिबार भएको निर्वाचनमा सत्तारूढ गठबन्धनलाई पराजित गर्दै विजयी भएका लेबर पार्टीका नेता अल्बानीले अष्ट्रेलियाको ३१औँ प्रधानमन्त्रीका रूपमा शपथ लिएका हुन्। 

उनीसँगै केही मन्त्रीहरूलाई पनि शपथ खुवाइएको छ। उपप्रधान तथा रोजगार मन्त्रीको रूपमा रिचार्ड मार्लेस, विदेश मन्त्रीका रूपमा पेन्नी वाङ र अर्थमन्त्री तथा महिला मन्त्रीका रूपमा कटी जाल्लाघरलाई सपथ खुवाइएको हो। जापानको राजधानी टोकियोमा मङ्गलबार हुन लागेको “द क्युड” सम्मेलनमा सहभागी हुन् प्रधानमन्त्री र विदेशमन्त्री जानुपर्ने भएकाले हतार हतार शपथग्रहण कार्यक्रम गरेको जनाइएको छ। 

सम्मेलनमा अमेरिका, जापान र भारतका शीर्ष नेता र विदेश मन्त्रीसमेत सहभागी भएकाले अष्ट्रेलियाका विदेश मन्त्री जानु पर्ने भएको हो । उनी सोमबार नै सपथ ग्रहणलगत्तै त्यसतर्फ प्रस्थान गर्ने कार्यक्रम छ। प्रधानमन्त्री अल्बानी स्वदेश नफर्किंदासम्म उपप्रधानमन्त्री मार्लेसले कार्यबहाक प्रधानमन्त्रीको जिम्मेवारी सम्माल्ने छन्।  

अष्ट्रेलियाको तल्लो सङ्घीय संसदमा १५१ सिट रहेको छ। अष्ट्रेलियाको तल्लो सङ्घीय संसदमा बहुमत पुर्‍याउनका लागि कम्तीमा ७६ सिट जित्नु पर्दछ। त्यो पुर्‍याएर लेवर पार्टीले नयाँ सरकार गठन गरेको हो। सत्तारूढ गठवन्धनको नेतृत्व गर्नुभएका निवर्तमान प्रधानमन्त्री स्कट मोरिसनले पराजय स्विकार गर्दै तत्काल प्रधानमन्त्री र पार्टीको नेतृत्वबाट राजीनामा दिएका हुन्। 

अष्ट्रेलियामा १८ वर्ष पुरा भएका हरेक नागरिकले अनिवार्य मतदान गर्नुपर्ने व्यवस्था छ। निर्वाचन आयोगका अनुसार यो वर्ष मतदाताको कुल सङ्ख्या एक करोड ७० लाखभन्दा बढी छ । मतदानका लागि देशभरी सात हजारभन्दा बढी मतदान केन्द्र तोकिएका थिए । 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.