|

पाल्पा : सुक्खा पहिरो खस्दा सिद्धार्थ राजमार्गअन्तर्गत तानसेन – बुटवल सडक सोमबार अवरुद्ध भएको छ।

तिनाउ गाउँपालिका–५ कालीमाटीमा सोमबार दिउँसो सुक्खा पहिरो खसेपछि राजमार्ग अवरुद्ध भएको जिल्ला ट्राफिक कार्यालय पाल्पाका प्रमुख दामोदर मल्लले बताए।

ठूलो पहिरो खसेको हुँदा सडक सुचारु हुन कम्तीमा २ घण्टा लाग्ने बताइएको छ। अहिले जेसिवी पठाउने काम भइरहेको छ। सडकमा ढुंगा र बाँसको झाडीसहित सुक्खा पहिरो खसेको हो।

पहिरोले राजमार्ग अवरुद्ध भएपछि टाढा टाढा पुग्ने सयौं यात्रुबीच बाटोमा अलपत्र परेका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.