|

विराटनगर :  वैशाख ३० गते सम्पन्न स्थानीय तहको निर्वाचनमा निर्वाचित मोरङका १७ वटै पालिकाका नवनिर्वाचित प्रमुखहरुले आज (सोमबार) शपथग्रहण गरेका छन्।

मुख्य निर्वाचन अधिकृत तथा मोरङ अदालतका मुख्य न्यायाधीश भरत लम्सालले नवनिर्वाचित जनप्रतिनिधिहरूलाई विराटनगर महानगरपालिकाको सभा हलमा  शपथग्रहण गराएका हुन्।

शपथग्रहण कार्यक्रमलाई सम्बोधन गर्दै मुख्य निर्वाचन अधिकृत लम्सालले  निर्वाचनमा मत विभाजन भए पनि निर्वाचित जनप्रतिनिधिले आफ्नो पालिकामा विभाजन नभएर जनतालई न्यायगत ढङ्गले सेवा प्रवाह गर्न  सुझाएका छन्।

यस्तै, मोरङका प्रमुख जिल्ला अधिकारी काँशीराज दाहालले नव निर्वाचित जनप्रतिनिधिले नागरिकका विषयलाई प्राथमिकतामा राखेर काम गर्नुपर्नेमा जोड दिएका छन्। उनले अघिल्ला जनप्रतिनिधिहरूले सुरु गरेका कामहरू पनि पूरा गर्नुपर्ने दायित्व नव-निर्वाचित जनप्रतिनिधिमा रहेको बताउँदै उनले यस अघिका जनप्रतिनिधिसँग समन्वय गरेर काम गर्नसमेत आग्रह गरे।

विराटनगर महानगरपालिकाका प्रमुख नागेश कोइरालाले पाटीमन्दा माथि उठेर विकासका काममा जनप्रनिधिहरु लागनुपर्ने बताए।

यस्तै, कानेपोखरी गाउँपालिकाकी नवनिर्वाचित अध्यक्ष राजमति इङनामले जनताकाको मन जित्ने गरी काम गर्ने बताइन्। प्रमुख निर्वाचन अधिकृत भरत लम्सालले दलहरूसँगको समन्वयमा शन्तिपूर्ण ढंगले  निर्वाचन सम्पन्न भएको बताए।

आज शपथ लिएका पालिका प्रमुख तथा अध्यक्षहरूले आ–आफ्नो पालिकाको उपप्रमुख, वडा अध्यक्षहरू र वडा सदस्यहरूलाई शपथग्रहण गराउने कानुनी व्यवस्था छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.