|

पर्सा : वीरगन्ज महानगरपालिका हालसम्म भएको ८१ हजार ८१० मतगणना भएको छ। जसमा जसपाका राजेशमान सिंहले ४० हजार १७२ मत ल्याएका छन् भने एमालेका  विजय कुमार सरावगी  एमालेका उम्मेदवार २० हजार ४७५ ल्याएका छन्। यस्तै राप्रपाका गिरिश गिरीले २९ सय ८६ मत ल्याएका छन्।

 हालसम्म उपप्रमुखमा गठबन्धनबाट कांग्रेसका  इम्तियाज आलमले २५ हजार १५८ मत ल्याएका छन्। लोसपाका  पुरुषोत्तमलाल झाले ६७१९ मत ल्याएका छन्। यस्तै, राप्रपाका विना जयसवालले ४९ सय ९१ मत ल्याएकी छन्। भने गुलाफ फूल चुनाव चिन्हबाट उपमेयरमा उठेकी रम्मा मिश्राले ३४८४ मत ल्याएकी छन्। 

यस्तै, हाल वीरगन्ज महानगरपालिकाका २५ वडाको मत गणना सम्पन्न हुदा मेयर पदमा खसेको १८ हजार मत बदर भएको छ भने उपमेयरमा खसेको मध्ये ३७ हजार ७८२ मत बदर भएको छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.