|

सल्यान : २०७९ वैशाख ३० गते सम्पन्न भएको स्थानीय तहको निर्वाचनमा सल्यानको बनगाड कुपिण्डे नगरपालिकाको प्रमुखमा निर्वाचित कर्ण बहादुर बुढाथोकी धेरैका लागि परिचित नाम हो।

कम्युनिष्टहरुका बीचमा उनको परिचय थाहा नपाउने कमै होलान्। २०७४ को निर्वाचनमा झन्डै २ सय मतले एमालेका जिल्ला अध्यक्ष गोविन्द कुमार पुनबाट पराजित बनेका बुढाथोकी ठीक पाँच वर्षपछि उनै एमाले अध्यक्ष पुनलाई झन्डै ३ हजारको मतान्तरले पराजित गरे।

उनी जोबाट उनी पराजित भएका थिए, उसलाई नै भारी मतान्तरले पराजित गरेका छन्।

उनले २०४३ सालमा अखिल क्रान्तिकारी रागेचौरको मावि इकाई सदस्यबाट राजनीति सुरु गरेका  हुन्।

तत्कालीन पञ्चायती आम निर्वाचन र त्यसका विरुद्ध उठेका आवाजबाट उनलाई राजनीतिमा अघि बढ्ने प्रेरणा मिलेकाे उनी बताउँछन्। समाजमा पछि परेका र पारिएका शोषित दमित समुदायमाथि भइरहेको अमानवीय व्यवहारका कारण पञ्चायत व्यवस्था विरुद्ध उनीमा तीब्र घृणा उत्पन्न भयो।

२०५१ मा पार्टीको नाम जनमोर्चाबाट नेकपा माओवादी भयो। जसको जिल्ला सम्मेलनबाट जिल्ला सदस्यमा निर्वाचित हुँदै भेरी कर्णाली राज्य समिति, सदस्य, मगराँत राज्य समिति सदस्य, जिल्ला जनसरकार प्रमुख, भेरी कर्णाली जनसरकार वन तथा व्यवस्थापन र सप्लायर्स विभाग इन्चार्ज, पार्टी अध्यक्ष, हुँदै हाल आएर उनी माओवादी केन्द्रको कर्णाली प्रदेश उपाध्यक्षको रुपमा जिम्मेवारी लिएर काम गरिरहेका छन्।

उनी २०५२ फागुन २२ गते सुर्खेत बोटेचौरमा जनपरिचालन गर्ने क्रममा प्रहरीबाट गिरफ्तार समेत भए। २०५२ फागुन २२ देखि २०५३ चैतसम्म उनले जेल जीवन बिताएका थिए। 

जनयुद्धको विकाससँगै सल्यान जिल्ला माओवादीमय बनेको थियो। पार्टी भित्रका समस्या र बाह्य चुनौतिका बीच बुढाथोकीले जनसरकार प्रमुखको नेतृत्व गरे। उक्त जनसरकारको प्रमुखमा निर्वाचित भएपश्चात जनसरकार गठन गर्ने कामलाई वडा/वडा र गाउँ/गाउँमा तीब्रता दिइयो।

उनले हाल स्थानीय सरकारकाे बागडोर सम्हालेपछि पक्कै केही परिवर्तन ल्याउने आशा स्थानीयले गरेका छन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.