|

धनगढी : कैलालीको मोहन्याल गाउँपालिकाका नवनिर्वाचित अध्यक्ष देवीदत्त उपाध्यायले सपथ ग्रहण गरेका छन्। नेकपा माओवादी केन्द्रका तर्फबाट निर्वाचित भएका उपाध्यायले सोमबार जिल्ला अदालत कैलालीमा सपथ लिएका हुन्। 

यसअघि निर्वाचन आयोगले उनलाई सपथ नगराउन निर्देशनसमेत दिएको थियो। तर आज उनले सपथ लिएको कैलालीका मुख्य निर्वाचन अधिकृत जयानन्द पनेरुले बताए। 

पनेरुका अनुसार उपाध्यायविरुद्ध विशेष अदालतमा भ्रष्टाचारसम्बन्धी मुद्दा विचाराधीन रहेको छ। तत्कालीन वडा नम्बर २ को वडाध्यक्ष रहेका बेला उनीविरुद्ध भ्रष्टाचारको मुद्दा दायर भएको थियो। भ्रष्टाचारको मुद्दा विचाराधीन भएका उपाध्याय अहिले पालिका अध्यक्षमा चुनिएका हुन्। 

‘तत्कालीन वडाध्यक्ष हुँदा भ्रष्टाचारको मुद्दा दायर भएको हो’ पनेरुले भने, ‘अहिले उहाँ पालिका अध्यक्षमा निर्वाचित हुनुभएको छ। यसअघि आयोगले नै उहाँको सपथ रोक्न लगाएको थियो। तर कानूनले सपथ खुवाउन मिल्ने अवस्था देखिएपछि उहाँले सपथ लिनुभएको हो।’ 

तर अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नवनिर्वाचित अध्यक्ष उपाध्यायलाई निलम्बन गर्ने पनेरुको भनाइ छ।

मोहन्यालको अध्यक्षमा उनी बुधबार दिउँसो सम्पन्न मतगणनाअनुसार तीन हजार १३४ मत प्राप्त गर्दै उपाध्याय अध्यक्षमा निर्वाचित भएका थिए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.