|

काठमाण्डौं : सेञ्चुरी कमर्सियल बैंक लिमिटेडको नयाँ शाखा नवलपुरको कावासोतीमा पनि सुरु गरिएको छ।

ग्राहकलाई गुणस्तरीय बैंकिङ्ग सेवा प्रदान गर्ने उद्देश्यले आज (सोमबार)बाट कावासोती नगरपालिका वडा नं. ८ कावासोती बजारको इन्द्रचोकमा नयाँ शाखा सञ्चालनमा ल्याईएको हो।

बैंकका संचालक समिति सदस्य मनबहादुर राई र कावासोती नगरपालिकाका मेयर विष्णुप्रसाद भुसालले कावासोती शाखाको संयुक्त उद्घाटन गरेका हुन्।

कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत मनोज न्यौपाने, प्रमुख जोखिम अधिकृत दिपेश प्रधान, कावासोती च्याम्बरका अध्यक्ष डाँसुराज पोखरेल लगायतका व्यक्तिहरुको उपस्थिति रहेको थियो।

२०७८ चैत्र मसान्तसम्ममा बैंकले ९२ अर्ब ९६ करोड निक्षेप संकलन र  कर्जा ८९ अर्ब ६५ करोड  प्रदान गरी १ अर्ब १ करोड ५६ लाख खुद मुनाफा आर्जन गर्न सफल भएको जनाएकाे छ।

उक्त मुनाफा गत वर्षको सोही अवधिको तुलनामा १८३.५९ प्रतिशतले बढी हो।

देशका सुगम तथा दुर्गम क्षेत्रसम्म सेवा विस्तार गर्ने उद्देश्यका साथ बैंकले देशका विभिन्न स्थानहरुमा शाखा, शाखारहित बैंकिङ्ग तथा एक्सटेन्सन काउण्टरहरू संचालनमा ल्याई बैंकिङ्ग सेवा प्रदान गर्दै आएको छ।

हालसम्म बैंकको कूल शाखा संख्या १३७ पुगेको छ भने बैंकले १० एक्सटेन्सन काउण्टर २४ शाखारहित बैंकिङ्ग र ११३ वटा एटीएम मार्फत वित्तीय सेवा प्रदान गर्दै आएको छ ।  

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.