|

काठमाडाैं : सरकारले उपभोक्ताको भान्छा महँगो बनाएको छ। खाना पकाउने एलपी ग्यासमा प्रतिसिलिण्डर २ सय रुपैयाँ भाउ बढाएर सरकारले उपभोक्ताको भान्छा महँगो बनाएको हो।

खाना पकाउने एलपी ग्यासमा दुई सय रुपैयाँ वृद्धि गर्दै १८ सय रुपैयाँ पुर्‍याइएको छ।

जनतालाई महङ्गीको मार थोपरेर पटक पटक मूल्य बढाउँदै लगेपनि आयल निगमले भने अझै आफूलाई घाटा नै रहेको जवाफ दिइरहेको छ। निगमको टालटुले जवाफ र मूल्यवृद्धि विरुद्ध विद्यार्थी संगठनहरु आन्दोलित बनेका छन्।

स्थानीय तह चुनावको भोलिपल्टै ग्यास बाहेकका इन्धनमा भाउ बढाएको निगमले एक सातामै फेरि मूल्यवृद्धि गरेपछि एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियुले आज सोमबार मसाल जुलुस निकालेको छ।

एमाले निकट अखिल र युवा संघले भोलि ३ बजे माइतीघर मण्डलामा विरोध कार्यक्रम गर्ने जनाएका छन्। यसअघि सोमबारै पेट्रोलियम पदार्थको मूल्यवृद्धिको विरोधमा विभिन्न विद्यार्थी संगठनहरुले आयल निगमको केन्द्रीय कार्यालय टेकुमा धर्ना दिएका थिए।  

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.