|

काठमाडाैं : असार ६ गते हुने अखिल नेपाल फुटबल संघ(एन्फा) को निर्वाचनका लागि फ्रेन्ड्स क्लबका पूर्व अध्यक्ष राजीब पौडेलले सोमबार अध्यक्षमा उम्मेदवारी दिने घोषणा गरेका छन्।

राजधानीमा सोमबार एक कार्यक्रमको आयोजना गरेर फ्रेन्ड्स क्लबका पूर्व अध्यक्ष पौडेलले अध्यक्ष पदका लागि उम्मेदवारी घोषणा गरेका हुन्। अखिल नेपाल फुटबल संघ विधान र नियमसंगत तरिकाले चल्न नसकेको भन्दै पौडेलले उम्मेदवारी घोषणा गरेको बताएका हुन्।

यस अघि सोमबार नै वर्तमान अध्यक्ष कर्मा छिरिङ शेर्पाले प्यानलसहित उम्मेदवारी दिएका छन् भने वर्तमान अध्यक्षसँग असन्तुष्ट रहेका पंकज बिक्रम नेम्वाङले शुक्रबार अध्यक्ष पदका लागि उम्मेदवारी दर्ता गराइसकेका छन्।

असार ६ गते हुने निर्वाचनमा वरिष्ठ उपाध्यक्ष पंकज बिक्रम नेम्वाङले अध्यक्ष र वीरबहादुर खड्काले वरिष्ठ उपाध्यक्ष पदका लागि उम्मेदवारी घोषणा गरिसकेका छन्।

निर्वाचनका लागि  जिल्ला, संघ, क्लबबाट मताधिकार पाएर आएका पदाधिकारीले निर्वाचनमा सहभागिता जनाउने छन्।

एन्फामा ४८ मध्ये ४५ जिल्लासँग मताधिकार रहेको छ भने बी डिभिजनबाट ११ क्लब, ४ संघ, राष्ट्रिय लिगका लागि छनोट भएका ४ क्लब, ए डिभिजनका १४ र सी डिभिजनका नौ क्लबसँग मताधिकार रहेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.